Clean Water Campaign

Awareness Campaign

गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना, एक जना घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कालीगण्डकीमा शनिवार राती जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

कालीगण्डकी गाउँपालिका पुर्तिघाट देखि ड बरेङ तर्फ जाँदै गरेको लु १ च २७२० नम्बरको जिप धुँवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिप दुर्घटनामा परी कालीगण्डकी गाउँपालीका-७, भुर्तुङकी ३२ बर्षीय पार्वती गुरुङ घाइते भएको र उनको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

जिप अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिपमा चालक सहित ४ जना सवार रहेका थिए। सवार मध्ये अन्य तीन जना सुरक्षित रहेको प्रहरीले जनाएको छ। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया