गुल्मी: कालीगण्डकीमा शनिवार राती जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
कालीगण्डकी गाउँपालिका पुर्तिघाट देखि ड बरेङ तर्फ जाँदै गरेको लु १ च २७२० नम्बरको जिप धुँवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिप दुर्घटनामा परी कालीगण्डकी गाउँपालीका-७, भुर्तुङकी ३२ बर्षीय पार्वती गुरुङ घाइते भएको र उनको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ।
जिप अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिपमा चालक सहित ४ जना सवार रहेका थिए। सवार मध्ये अन्य तीन जना सुरक्षित रहेको प्रहरीले जनाएको छ। खबरमार्केट डटकममा यो खबर छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







