Smoking Causes Cancer

गुल्मीमा लघु विद्युतको ड्याममा एक महिलाको शव फेला



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-४, शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर-६, हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको हो। यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया