Hi-Speed Computer

Awareness Campaign

गुल्मी जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: २५ जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बर भन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य छन्।

२५ जनाको क्षमता रहेको ‘ङ’ वर्गको कारागारमा अहिले ८३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए। पन्थीका अनुसार पूरुष ७६ जना र‌ महिला ७ जना गरी जम्मा ८३ जना कारागारमा कैदी बन्दीहरु रहेको बताए।

कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको पन्थीले गुनासो गरे। कैदीबन्दीहरुलाई प्रयाप्त खेलमैदान नहुनु, आर्थिक उपार्जनका लागि उद्योगहरु खोल्नका लागि पनि समस्या भएको र मुख्य गरी जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको छ।

Forest
Forest
Ad.

भवन पनि जीर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताउनुभयो। हाल सम्म दुःखसुख चलाउदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन बिकराल बन्दै जाने पन्थीको भनाई छ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले तत्कालका लागि भवन मर्मत गर्न पहल भइरहेको बताए।

कारागार कार्यालयको भवन पनि सारै जीर्ण भइराखेकाले कारागार व्यवस्थापनका लागि दीर्घकालिन गुरुयोजना बनाएरै अगाडी बढ्नु पर्ने पौडेलको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया