Hi-Speed Computer

Awareness Campaign

दश वर्षदेखि बाँझो जग्गामा सामूहिक भैँसीपालन सुरु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

लमजुङ: दश वर्षदेखि बाँझो रहेको लमजुङको राइनास नगरपालिका-१, साइलीटारमा सामूहिक भैंसीपालन सुरु गरिएको छ। खेर गएको बाँझो जमिनमा ३४ जना स्थानीय आवद्ध भई भैंसीपालन सुरु गरेका हुन्।

‘दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’ मार्फत भैंसीपालन सुरु गरिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले बताए।

सहकारीमा आवद्ध सदस्यले प्रतिव्यक्ति २० हजार रुपैयाँ संकलन गरी वीरगञ्जबाट मुर्रा जातको थारा भैंसी ल्याई व्यवसाय सुरु गरिएको अध्यक्ष घिमिरेले बताए।

Forest
Forest
Ad.

उनका अनुसार सुरुमा २० वटा थारा भैंसी र प्रजननका लागि एउटा राँगा पालिएको छ। कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रूपमा भैंसीपालन व्यवसाय सुरु गरिएको उनको भनाइ छ।

कोभिड महामारीले अहिले असहज परिस्थिति सिर्जना गरेकाले सहज परिस्थित सिर्जना भएसँगै दुहुना भैंसी पाल्ने र दूध संकलन र बिक्री कार्यलाई अघि बढाइने सहकारीको लक्ष्य छ।

कोरोनाले निम्त्याएको यो संकटपूर्ण समयलाई पनि आफूहरूले अवसरको रूपमा उपयोग गरी खेर गएको ६ सय रोपनी बाँझो जमिनको उपयोग गरी कृषि तथा पशुपालनलाई अघि बढाइएको अध्यक्ष घिमिरेले बताए।

मसार कागती पकेट समितिका अध्यक्ष गजेन्द्रराज घिमिरेले दुई सय रोपनी जग्गामा कागती खेती सुरु गरिएको बताए। ‘६ सय रोपनी बाँझो जग्गामध्ये तीन सय रोपनीमा भैंसीपालन र दुई सय रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरिएको छ,’ उनले भने।

Awareness by SKF

कृषि ज्ञान केन्द्रको सहयोगमा दुई सय रोपनी जग्गामा ४५ सय सुन कागती जातको कागतीका बिरुवा लगाइएको उनले बताए। ज्योतिन्यूज डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया