Clean Water Campaign

Awareness Campaign

गुल्मीकाे मदानेमा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्लाकाे मदाने गाउँपालिका वडा नं. ६ मा दिपावली एवं छठ पर्वको अवसर पारेर संस्थाले आफ्नाे १५ वार्षिकोत्सवमा विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएकाे छ।

गुल्मी, अर्घाखाँची र प्युठानकाे संगमस्थल पुर्काेटमा ‘सांस्कृतिक परम्परा तथा सम्पदा संरक्षण हाम्राे हात सामाजिक खेलकुद युवा तथा विकासमा हाम्राे साथ’ भन्ने मुल नाराका साथ जनसेवाका लागि श्री जनप्रिय युवा क्लबले विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएकाे हाे।

कार्यक्रममा जिल्ला भित्रका र छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, पाल्पा तथा बागलुङबाट सहभागी रहने बताईएको छ। मदाने र कंके देउरालीकाे काखमा रहेकाे पुर्काेट दहमा उक्त कार्यक्रम हुने भएकाे हाे।

सिंचाई
Forest
Ad.

कार्यक्रम कार्तिक महिनाकाे ११ गते बिहीबार, १२ गते शुक्रबार र १३ गते शनिवार गरि तीन दिन गरिने छ। उक्त कार्यक्रम हेर्नकाे लागि कुनैपनि शुल्क नलाग्ने साथै भलिबल। ब्याडमिन्टन र टिटी खेलकाे लागि टिम दर्ता गरी प्रतिस्पर्धामा उत्रने नियम बनाइएको क्लबका अध्यक्ष भेषराज थापाले बताए।

उक्त कार्यक्रममा खेलाडी, कलाकार, जनप्रतिनिधि, राजनिती दलका प्रतिनिधि, शिक्षक, समाजका बुद्धिजीवी, समाजसेवीहरुकाे उपस्थिति रहने बताईएकाे छ। नालीबेली न्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया