Clean Water Campaign

Awareness Campaign

आज देखि सामलिङ्ग पावर कम्पनीको आइपीओ सार्वजनिक, कति दिने आवेदन?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: जलविद्युत कम्पनीहरुले एकपछि अर्को आईपीओ निष्कासन गरिरहेको बेला सामलिङ्ग पावर कम्पनी लिमिटेडले पनि आईपीओ आज देखि निष्काशन गर्ने भएको छ। कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ।

सिंचाई
Forest
Ad.

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो कम्पनीको आइपीओमा केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया