Clean Water Campaign

Awareness Campaign

७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

भारत: दुनियामा अपत्यारिला घटना देखिदै आएका छन्। यस्तै भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन्।

पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन्। वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन्।

इन विट्रो फर्टिलाइजेसन प्रक्रिया मार्फत गर्भ बसालेको र सी सेक्सन मार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा. नरेश भानुशालीले बताएका छन्। शिशु र आमा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ।

सिंचाई
Forest
Ad.

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन्। सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन्। बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन्।

यसअघि स्पेनकी म्यारिया डेल कार्मेन लाराले ६६ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएर विश्व रेकर्ड राखेकी थिइन्। यद्यपि, सन् २०१६ मा विवादित ओभरी प्रत्यारोपणमार्फत इटालीकी एन्टोलिया भर्टेडेलाले १०१ वर्षको उमेरमा ९ पाउन्डको शिशु जन्माएको वर्ल्ड रेकर्ड एकेडेमीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया