Smoking Causes Cancer

बर्षाले अर्घाखाँची सदरमुकाम सन्धिखर्क डुबानमा, जनजीवन प्रभावित



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

दिपेन्द्र खत्री, अर्घाखाँची: लगातारको वर्षाले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी डुबानमा परेको छ। केही दिन देखि परेको बर्षाका कारण आज रातभरीको वर्षाले बाँगी खोलाकाे बहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो।

अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्र डुबानमा परेकाे पत्रकार हलिम खानले जानकारी दिए।
मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन्।

सिंचाई
Forest
Ad.

बाँगी खोला किनाराका बासिन्दालाई स्थानतरण गरिएकाे छ।अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन्। अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन्। भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्टर लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ।

बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो। अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुबान भने भएको थिएनन्। तर हिउँद लाग्दै गर्दा भएकाे बर्षाले पूरा बजार हिलाम्मे भएकाे छ भने दुई वटा पुल सम्म बगाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया