Awareness

पुर्वको भोजपुरका युवक र पश्चिम बागलुङकी चेली बिच अन्तरजातीय विवाह, स्थानीयद्वारा भव्य स्वागत

खबर समाज

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: पुर्व भोजपुरका युवक र पश्चिम बागलुङ्गकी चेली बिच अन्तरजातीय विवाह सम्पन्न भएको छ।

पुर्व भोजपुर जिल्ला षडानन्द नगरपालिका-७, दिङ्ला बजार घर भएका ब्राह्मण समुदायका सुवास न्यौपाने र पश्चिम बाग्लुङ जिल्ला गल्कोट नगरपालिका-८, काँडेबास बिरकोट घर भएकी मगर समुदायकी हीरा बुढाथोकी बीच अन्तरजातीय विवाह सम्पन्न भएको स्थानीय अगुवा डिल बहादुर बुढाथोकीले जानकारी दिनुभयो।

Get Vaccinated

सामाजिक समस्याका रुपमा रहेको जातीय विभेदको अन्त्य गर्नुपर्छ भन्दै बेलाबखत विभिन्न नारा र आवाजहरु आएपनि कोहि कसैलाई व्यहारमा लागू गर्न गाह्रो भएकोले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै आफुले अन्तरजातीय विवाह गरेको बेहुला बनेका सुवास न्यौपानेको भनाई छ।

आफू मगर समुदायकी छोरी भएपनि ब्राह्मण समुदायमा विवाह गर्दा कुनै अप्ठ्यारो नपरेको बरु घर र माइतीमा सबैले अझ बढी माया गरेको बेहुली बनेकी हीरा बुढाथोकीले बताउनुभयो।

पुरानो पुस्ताले जानी वा नजानी जसरी जातीय विभेदलाई कायम राखेको भएपनि र आफू पनि पुरानो पुस्ताकै व्यक्ति भएपनि छोराले आफुलाइ मगर समुदायकी केटिसङ्ग विवाह गर्छु भनेर सोधेको हुनाले र राम्रोसँग परिवारमा छलफल भएकोले अन्तरजातीय विवाहलाई सहर्ष स्वीकार गरेर बुहारी बनाएको बेहुलाका बुवा हेमराज न्यौपानेले बताउनुभयो।

Awareness by SKF

मगर समुदायको संस्कार अनुसार दुई वर्ष अगाडि आपसी समझदारीमा सम्बन्धमा रहेका न्यौपाने र बुढाथोकीलाई आइतबार बाजागाजा सहित धुमधामका साथ गृह प्रवेश गराइएको परिवारले जनाएको छ।

त्यस्तै दाइजोका कारण समाजमा विभिन्न महिला हिं’साका घ’टनाहरु घट्ने भएकोले अन्तरजातीय विवाह सङ्गसङ्गै न्यौपानेले आफू दाइजो प्रथाको विरोधी भएकोले कुनै किसिमको दाइजोलाई आफ्नो विवाहमा महत्व नदिएको बताउनुभयो।

न्यौपाने अहिले भोजपुरको एक विद्यालयमा शिक्षण गर्नुहुन्छ। उहाँ सामाजिक अभियन्ता समेत भएकोले विभिन्न सामाजिक कार्यहरुमा क्रियाशील हुनुहुन्छ। उहाँले बागलुङ र गुल्मीका विद्यालयमा समेत अध्यापन गर्नुभएको छ। बेहुला बेहुली केही समय अगाडी न्यु शाइनस्टार इङ्ग्लिश बोर्डिङ्ग स्कुल, मुसिकोट-९, अर्लाङ्गकोट स्थित लामाखेतका सहकर्मी समेत हुन।

COVID-19

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *