Smoking Causes Cancer

शेयर बजारमा उच्च गिरावट



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: दसैं पछि शेयर बजारमा सुधार आउने अपेक्षा गरिए पनि सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ। कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ। यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

१२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन्। त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। बोटलर्स नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त र एनआईसी एशिया डिभेन्चरबाहेक सबैको सेयर मूल्य घटेको छ नेप्से परिसूचक २६०२ मा झरेको छ।

यो गत असार यताको सबैभन्दा कम अंक हो। दशैं अघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो। पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छैन।

सिंचाई
Forest
Ad.

बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म ब्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएको जानकारहरूले बताएका छन्। कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत ब्याज अफर गरेको छ भने एनआइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत ब्याजमा निक्षेप उठाउन थालेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया