Hi-Speed Computer

Awareness Campaign

बनिबनाउ घरको नाममा केही साथीहरु दास बन्दै हुनुहुन्छ: नेतृ झाँक्री



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले बनिबनाउ घरको नाममा केही साथीहरु दास बन्ने कोशिस गरेको बताइन्।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रिले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन्। संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएपनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप छ।

एउटा व्यक्तिको सनकको भरमा पटक-पटक संसद विघटन गर्ने प्रथाको आफुहरुले विरोध गरेको उनको भनाई छ। यसो गर्दा ओलीको नजरमा आफुहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन्। अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्न सक्ने उनको दाबी छ।

Forest
Forest
Ad.

आफुहरुले लगातार निर्वाचन जितेपनि उपलब्धि धेरै नभएकोले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन। फरक प्रसङ्गमा नेतृ झाँक्रिले आफुहरुले पार्टी निर्माणको तीन महिने अभियान चलाउने बताएकी छिन्। तीन महिनासम्म देशभरबाट कम्तिमा सात लाख संगठित सदस्य बनाउने उनले दाबी गरिन्।

प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा एकीकृत समाजवादीको पक्षमा कम्तिमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले विलाएर जाने उनले बताइन्। प्रत्येक संगठित सदस्यले एक दिन पार्टीको लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्नेगरी योजना पार्टीले बनाएको उनको भनाई छ।

पार्टीको हरेक कमिटीमा कम्तिमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० बर्षमुनिका युवालाई समावेश गर्ने नेतृ झाँक्रिले बताइन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया