Awareness

अब आउदै छन् यी कम्पनीहरूको आइपीओ

खबर शेयर बजार खबर

Place for ads

काठमाडौं: पछिल्लो समय आइपीओको गाउँ-गाउँमा समेत चर्चा हुने गरेको छ। यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम पनि जारी छ।

फुलपातीदेखि बन्द रहेको शेयर बजार आइतबार खुलेको छ भने बजारले राम्रो संकेत पनि दिएको छ। शेयर बजारमा दशैँ लगत्तै २१ कम्पनीको आइपिओ निष्कासन हुने भएको छ। विभिन्न २१ कम्पनीको आइपिओ निष्कासनको लागी पाइपलाइनमा रहेका छन्।

Get Vaccinated

आईपिओ निष्कासनको लागी २१ कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतीको पर्खाइमा रहेका छन  शेयर बजारमा ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४ सय रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डमा वेटिङमा रहेका छन्।

कुन-कुन कम्पनीको आउँदैछ आईपिओ?
रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड ७२ लाख ६० लाख कित्ता (प्रिमियम समेत थपेर प्रति कित्ता २१२ रुपैयाँमा), आइएमई लाइफ इन्स्योरेन्सको ६० करोडले हुन आउने ६० लाख कित्ता, दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख ९२ हजार ९ सय बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, अपर सोलु हाइड्रोको ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता, डिश होमको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता (बुक विल्डिंग विधिबाट आउने सम्भावना), अपर हेवाखोला हाइड्रोको २० करोड बराबरको २० लाख कित्ता, बिन्धवासिनी हाइड्रोको २५ करोड बराबरको २५ लाख कित्ता, हिमालयन हाइड्रोको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता

सयपत्री हाइड्रोको ९ करोड बराबरको ९ लाख कित्ता, इमार्जिंग नेपाल लिमिटेडको ५ करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख बराबरको ८ लकः ५० हजार कित्ता, मोलुंग हाइड्रोको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता, पुकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता, रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता, थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता, सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता

बलेफी हाइड्रोको ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रिन भेन्चर्स लिमिटेडको ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता, नेस्ड़ो सम्बृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार बर्बर्को ८ लाख २८ हजार ७ सय ५० कित्ता रहेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *