Hi-Speed Computer

Awareness Campaign

आईएमई लाईफ इन्स्योरेन्सको आइपीओ छिट्टै निष्कासन हुने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: आईएमई लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासन हुने भएको छ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो। कम्पनीको शेयर निष्काशनको लागि सिभिल क्यापिटल चयन भइसकेको छ भने यो कम्पनीले रेटिङ ‘केयरएनबी ट्रिपल बी’ पाएको छ ।

२०७४ देखि कारोबार सुरु गरेको कम्पनीले विभिन्न योजना लिएर ग्राहकसँग पुगेको छ। अहिले कम्पनीको पूँजी १.४ अर्ब रहेको छ भने अब २ अर्ब हुने छ।

Forest
Forest
Ad.

यो कम्पनीका १२० भन्दा धेरै शाखा रहेका छन् भने १८ हजार भन्दा धेरै अभिकर्ताहरु रहेका छन्। यो कम्पनीमा ग्लोबल आईएमई बैंक,आईएमई ग्रुप लगाएतका प्रतिष्ठित कम्पनीको लगानी रहेका छ।

आईएमई सेन्टर मार्फत पनि ग्राहक सँग जोडिने भएको हुँदा यो कम्पनीको पहुँच व्यापक हुने विश्वास लिइएको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया