Smoking Causes Cancer

मौसम पूर्वानुमान: भोलिदेखि पानी पर्ने र हिमाली भेगमा हिमपातको सम्भावना



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि भोलिदेखि भने पानी पर्ने भएको छ। देशका धेरै ठाउँमा भोलिदेखि पानी पर्ने र पर्सिदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने मौसमविद्ले बताएका छन्। उहाँका अनुसार बारीमा फलेका अन्नबाली भित्र्याउने र पर्यटक हिमाली क्षेत्रमा ट्रेकिङ्ग गर्न मन पराउने समयमा रहेकाले किसान र यात्रामा रहेकालाई समस्या हुन सक्नेछ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने भएकाले हुस्सु लाग्ने, पानी पर्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने जस्ता गतिविधि हुने देखिएकाले सामान्य सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मौसम बदली भएसँगै गर्मी कम हुँदै जानेछ।

आज काठमाण्डाैको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। सबै भन्दा धेरै तापक्रम विराटनगरमा रहेको छ। विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया