Smoking Causes Cancer

गुल्मीको उत्कृष्ट गाउँपालिका मदानेका उत्कृष्ट कर्मचारीहरु



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

– प्रेम सुनार

गुल्मी: गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि बिहिवार आयोजना गरेको नवौँ गाउँसभाको अवसरमा संस्थागत स्वमूल्यांकन गरि जिल्लाका १२ वटा पालिकाहरु मध्ये आफूलाई उत्कृष्ट पालिकाका रुपमा मूल्यांकन दावी गरेको छ। त्यसका अलावा त्यस गाउँपालिकाका ६ जना कर्मचारीहरु मध्ये एक जनालाई सर्वोत्कृष्ट र ५ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेको छ।

स्थानीय तहको गठन नहुनु अघि लामो समयदेखि गाविस सचिवको जिम्मेवारी सम्हालेका हाल त्यस गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेल सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन्। त्यस्तै अहेव घनबहादुर थापा मगर, ल्याब असिस्टेन्ट शिवहरि पन्थी, पशु प्राविधिक अर्जुन भण्डारी, कार्यालय सहयोगीद्वय विमला राउत र विष्णु विकलाई उत्कृष्ट कर्मचारीका रुपमा त्यस गाउँपालिकाले पुरस्कृत गरेको छ।

सिंचाई
Forest
Ad.

उनिहरुलाई गाउँपालिका अध्यक्ष दानबहादुर केसी, उपाध्यक्ष सरिता खड्का र प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाईले नगद पुरस्कार र कदरपत्र सहित सम्मान गरेका हुन। सूचना अधिकारी पोखरेल त्यहाँको प्रशासन फाँट प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया