Smoking Causes Cancer

मोरङमा श्रीमती र अर्का पुरुष मिलेर श्रीमान्को हत्या गरेको आरोप, दुवै पक्राउ



ओझेलका खबर
२१ मिनेट अगाडि


Place for ads

मोरङ । मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार गएराति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनलाई उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहारका २७ वर्षीय सुनिल मिश्रले मिलेर टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट सोरेनको घटनास्थलमै मृत्यु भएको थियो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
..…
पोस्ट मिति : २४ कात्तिक २०८३
समय : बिहान १०.२०/बजे
…..
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो