बुटवल ।नयाँ मोटरसाइकल किनेको २२ दिनमै सडक दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको हिजो ज्यान गएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान लोकेन्द्र भण्डारीको नवलपरासीको देवचुलीमा ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको हो।
काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत भण्डारी नयाँ मोटरसाइकल किनेपछि आफ्नो सुरक्षाका लागि निङ्लासैनी, डाँडाबाग र विश्वकर्मा बाबासँग प्रार्थना गरेको विवरण सार्वजनिक भएको छ।
तर, नयाँ मोटरसाइकल किनेको २२ दिनमै भएको दुर्घटनाले उनको जीवनसँगै परिवारका सपना र तिहार मनाउने चाहनासमेत अधुरै बनाइदियो।
देवचुलीमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
२४ वर्षकै उमेरमा ज्यान गुमाएका भण्डारीको निधनले परिवार, आफन्त, सहकर्मी र शुभचिन्तकलाई शोकमा डुबाएको छ ।
हिजोसम्म नयाँ मोटरसाइकलसँग जोडिएका सपना थिए, घर फर्किने उत्साह थियो र परिवारसँग तिहार मनाउने योजना थियो। तर एउटा सडक दुर्घटनाले ती सबै सपना सदाका लागि अधुरा बनाइदियो।
दिवंगत प्रहरी जवान लोकेन्द्र भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
…...
पोस्ट मिति : २३ कात्तिक २०८३
समय : बिहान ९.१०
……
ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







