Smoking Causes Cancer

नवलपरासी पूर्वमा २० हजार बढी पिस अवैध पटाका बरामद गरी नष्ट



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले लुकाइछिपाइ ओसारपसार गर्दै गरेको विभिन्न प्रकारका २० हजार २० पिस पटाका बरामद गरी नष्ट गरेको छ।

 त्यस  जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी अनिल पण्डितका  अनुसार  हिजो कात्तिक १६ गते बिहान करिब १०:३० बजे मध्यविन्दु नगरपालिका–८ चौरङ्गीस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले उक्त पटाका बरामद गरेको हो।

प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा लुकाइछिपाइ ओसारपसार गर्दै गरेको अवस्थामा विभिन्न ब्रान्डका पटाका फेला पारेको थियो।

सिंचाई
Forest
Ad.

बरामद गरिएका पटाकामा किङ कोब्रा लेखिएको १० हजार ५०० पिस, म्याजिक पेपर सट ८ हजार ७५० पिस, ग्राउन्ड चक्कर स्पेसल १९० पिस, मिनी बुलेट २६० पिस, हिना ११० पिस, क्लासिक ग्रीन ७० पिस, बाजी उजाला ५० पिस, उजाला ९९९ ब्लास्टर ४० पिस, डिजिटल बम १० पिस र जस्सी रुवन सपनम फ्लावर पोस्ट ४० पिस रहेका छन्।

प्रहरीले बरामद गरिएका सबै पटाका कार्यालयमा ल्याई कार्यालय परिसरमा पानीमा डुबाएर नष्ट गरेको जनाएको छ।
चाडपर्वको समयमा पटाकाजन्य विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसारले आगलागी, चोटपटक र अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले सवारीसाधन जाँच तथा निगरानीलाई तीव्रता दिएको छ।
……..
मङ्गलबार, १७ कात्तिक २०८३, बेलुकी ६ बजे
…….
ओझेलका खबर — खबर भित्रको खबर
…………
सन्तुलित आलोचना, रचनात्मक सुझाव तथा मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो