Smoking Causes Cancer

भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

डोल्पा । शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको र सामान्य उपचारपछि जिल्ला अस्पताल दुनैबाट डिस्चार्ज गरिएको छ।

कार्तिक १४ गते शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी प्राप्त भएपछि डोल्पाको जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले पर्यटकको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै सम्बन्धित निकायसँग समन्वय गरेको थियो।

सोहो अनुरुप उद्धारका लागि हिजो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आउने भनिए पनि प्राविधिक समस्याका कारण उडान हुन सकेन। सिम्रिक एयरको हेलिकप्टरसँग समेत समन्वय गरिएकोमा त्यसमा पनि प्राविधिक समस्या देखिएपछि उद्धार कार्य रोकिएको थियो।
अन्ततः आज बिहान ७:२० बजे पोखराबाट आएको सिम्रिक एयरको हेलिकप्टर डोल्पाको दुनैमा अवतरण भएको थियो। उक्त हेलिकप्टर बिहान ७:३५ बजे उद्धारका लागि शे–फोक्सुण्डो गाउँपालिका–५, दानिगढतर्फ उडेको थियो।

सिंचाई
Forest
Ad.

उद्धार गरिएकामा भारतको पश्चिम बंगाल, हाउडा निवासी ३४ वर्षीया प्याली कोली, साउथ २४ परगना निवासी ३५ वर्षीया मोमिता हल्दार, २४ वर्षीया दिपलिना विश्वास, आन्ध्र प्रदेश निवासी २८ वर्षीय जजला त्रिवेत कुमार, साउथ २४ परगना निवासी ३२ वर्षीय राजेश देव र नर्थ २४ परगना निवासी ३२ वर्षीय आदित्य सिंह रहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका सबैलाई जिल्ला अस्पताल दुनै ल्याइएको थियो। सामान्य उपचारपछि सबै जना डिस्चार्ज भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
………..
पोस्ट मिति : २०८३ मंसिर १६ गते
समय : बिहान १२: १५  बजे
………
ओझेलका खबर — खबर भित्रको खबर
…………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
सम्पादकीय सावधानी: प्रकाशनअघि पर्यटकका

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो