Smoking Causes Cancer

कपिलवस्तुमा हवाइ फायरसहित २ जना ग्राम खैरो हेरोइन कारोबारी पक्राउ



ओझेलका खबर
२२ घण्टा अगाडि


Place for ads

​
कपिलवस्तु । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौं (प्रशासन शाखा) ले दिएको जानकारी अनुसार, कपिलवस्तुमा भारतबाट लागुऔषध भित्र्याएर कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सफल कारबाही गरेको छ।

​ आक कार्तिक कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ राजापानी क्षेत्रमा खोजतलास तथा अनुसन्धान गर्ने क्रममा शंकास्पद व्यक्तिहरूलाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै प्रतिवाद गर्न लागेका कारण स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको थियो।
​पक्राउ पर्ने प्रतिवादीहरूको विवरण:
​१. जिल्ला कपिलवस्तु बाणगंगा न.पा. वडा नं. ११ बस्ने, ३४ वर्षका सलाउदिन मुसलमान

​२. जिल्ला कपिलवस्तु बाणगंगा न.पा. वडा नं. १२ बस्ने, २८ वर्षका उमेश थारु

सिंचाई
Forest
Ad.

​बरामद गरिएको सामानहरूको विवरण:
​लागुऔषध खैरो हेरोइन: २८.८२० ग्राम

​भारतीय नम्बर प्लेटको मोटरसाइकल: १ थान

​मोबाइल: २ थान

​प्रहरीको प्रतिवादमा उत्रिएका दुवै जनालाई नियन्त्रणमा लिई साथबाट लागुऔषध र अन्य सामानहरू बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तु बुझाइएको ब्यूरोका सह-प्र प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
………..
​प्रकाशन मिति/समय: २०८३ कार्तिक १५ । बुलुकी ६ बजे
ओझेलका खबर – खबर भित्रको खबर
…………..

Awareness by SKF

​टिप्पणी तथा सुझाव: यस समाचारसम्बन्धी आफ्ना विचार वा प्रतिक्रिया तलका कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। शालीन र मर्यादित भाषाको प्रयोग गर्नुहोला।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो