सिन्धुली । फिक्कल गाउँपालिका–६, तीनखण्डेस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र दुई जनाको मध्यम रहेको प्रहरीले जनाएको छ।
आज साँझ करिब १७:२५ बजे घुर्मीदेखि खाङसाङतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००१ ख ०६४७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। टिपरमा चालकसहित चार जना सवार थिए।
दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७, टक्सारका २९ वर्षीय चालक महेश कटेल र सिन्धुलीको फिक्कल गाउँपालिका–५ का २९ वर्षीय माधव लुइँटेल गम्भीर घाइते भएका छन्।
त्यस्तै, उदयपुरको कटारी नगरपालिका–१४, बोटेनीका २६ वर्षीय दीपक जोशी र सिन्धुलीको दुधौली नगरपालिका–१४, काभ्रेका २८ वर्षीय हरि बानियाँ मध्यम घाइते भएका छन्।
चारै जनाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयर पठाइएको छ।
घटनापछि प्रहरी चौकी रत्नावतीबाट प्रहरी सहायक निरीक्षक राजकुमार माझी थारूको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको पनि प्रहरीले जानकारी दिएको छ।
……….
पोस्ट मिति : २०८३ मंसिर १५ गते
समय : बेलुका ७:४९ बजे
………..
ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणीलाई स्थान दिइने छैन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






