जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर पर्खाल तोड्दै ८ जना कैदीबन्दी तथा थुवाहरू फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक विनय सिंहका अनुसार यहि कार्तिक १४ गते बिहान कारागारभित्र सुरुङ खनेर पर्खाल तोड्दै उनीहरू फरार भएको खुलेको छ।
सुरक्षा निकायलाई समेत छल्दै भएको यस घटनाले जिल्लामा ठूलो सनसनी फैलाएको छ। फरार हुनेमा विभिन्न कसूरमा सजाय काटिरहेका तथा थुनामा रहेका व्यक्तिहरू रहेका छन्। प्रहरीले उनीहरूको खोजीकार्य तीब्र पारिएको जनाएको छ।
फरार कैदीबन्दी तथा थुवाहरूको विवरण:
काली प्रसाद रोकाया: उमेर २९ वर्ष, त्रिपुरासुन्दरी न.पा. ०७ डोल्पा (हुलिया: गहुँगोरो)।
धन बहादुर भन्ने हरि बहादुर बुढा: उमेर २८ वर्ष, त्रिपुरासुन्दरी न.पा. ०४ डोल्पा (हुलिया: गहुँगोरो)।
यज्ञ वि.क.: उमेर २५ वर्ष, बारेकोट गा.पा. ०१ जाजरकोट (हुलिया: गहुँगोरो)।
तिलक भण्डारी: उमेर ३८ वर्ष, आठबिसकोट न.पा. ०५ रुकुम पश्चिम (हुलिया: गहुँगोरो)।
राम बहादुर कामी: उमेर ३२ वर्ष, आठबिसकोट न.पा. १० रुकुम पश्चिम (हुलिया: गहुँगोरो)।
रेशम राना: उमेर २८ वर्ष, कुमाख गा.पा. ०५ सल्यान (हुलिया: गहुँगोरो)।
कैलाश भन्ने कपिल परियार: उमेर १९ वर्ष, नलगाड न.पा. ०९ जाजरकोट (हुलिया: गहुँगोरो)।
निशान भन्ने अदेश भण्डारी: उमेर ३२ वर्ष, आठबिसकोट न.पा. ०३ रुकुम पश्चिम (हुलिया: गहुँगोरो)।
सुरक्षा संवेदनशील मानिने कारागारभित्रै यसरी सुरुङ खनिनु र मध्यविहान कैदीहरू फरार हुनुले सुरक्षा व्यवस्थामा ठूलो कमजोरी रहेकोमाथि गम्भीर प्रश्न उब्जाएको छ। हाल प्रहरीले फरार व्यक्तिको तस्बिर सार्वजनिक गर्दै उनीहरूको खोजी तथा पक्राउका लागि चारैतिर जाल बिछ्याएको छ।
……………
ओझेलका खबर – खबर भित्रको खबर
……….
मिति: २०८३ कार्तिक १६ गते
समय: ०२: ५० बजे
……..
(टिप्पणी तथा प्रतिक्रियाका लागि हाम्रो अनलाइन पेजमार्फत जोडिनुहोला। मर्यादित र सत्यतथ्य समाचारका लागि ओझेलका खबर हेर्नुहोला।)
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









