Smoking Causes Cancer

ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु



ओझेलका खबर
४ घण्टा अगाडि


Place for ads

 

-गुल्मीको इस्मा गाउँपालिका–६ ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार २०८३ कात्तिक १२ गते साँझ करिब ५ बजे जैथुमबाट कुखुरेतर्फ जाँदै गरेको लु २ त ६१९४ नम्बरको खाली ट्र्याक्टरले पैदल हिँडिरहेका स्थानीय मानबहादुर खत्रीका छोरा कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

सिंचाई
Forest
Ad.

घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी सहायक निरीक्षक शम्भु कुँवरको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा थप १२ जनाको टोलीसमेत खटिएको थियो।

प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्का सम्पन्न गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखेको जनाएको छ। ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

………..

पोस्ट मिति : २०८३ कात्तिक १३ गते

Awareness by SKF

ओझेलका खबर — खबर भित्रको खबर

……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगर्नुहुन अनुरोध छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो