Hi-Speed Computer

Awareness Campaign

अवरुद्ध बागलुङको काठेखोला पुल अस्थायी रुपमा सञ्चालनमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: अविरल बर्षाका कारण काठेखोला माथीबाट आएको ठुलो चट्टानले क्षतिग्रस्त कालीगण्डकी करिडोर अन्तर्गतको काठेखोला पुल अस्थायी रुपमा सञ्चालनमा आएको छ।

केहि दिन देखि परिरहेको अविरल बर्षाका कारण असार १ गते रातीको समयमा काठेखोला माथिबाट आएको चट्टानले खोला थुनेपछि पुलमा क्षती पुर्याएको थियाे। पुलको बागलुङ बजार तर्फको भागमा ठूलो क्षती पुगेकाे हाे।

यो पनि हेर्नुहोस्: यसरी भत्कियो बागलुङ, काठेखोलाको पक्की पुल (भिडियो सहित)

Forest
Forest
Ad.

पुलमा क्षती हुँदा जिल्लाको दक्षिण भेग सडक सम्पर्क बिहिन बनेको छ। बागलुङ नगरपालिका-१२,१३,१४ जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका अत्यावश्यक सेवाका सवारी साधन पनि आवतजावत गर्न समस्या परेको थियो। डिभिजन सडक कार्यालय बागलुङका अनुसार अस्थायी रुपमा पुलको मर्मत गरी शनिबार साँझबाट सञ्चालनमा आएपनी ठूला सवारी छिर्न नसक्ने बताइएको छ।

डिभिजन सडक कार्यालय बागलुङका ईन्जियिर सुरेन्द्र गौतमका अनुसार पहिरोका कारण भत्किएको काठेखोलाको पुल अस्थायी रुपमा निर्माण गरेर यातायात सेवा सुचारु गरेपनि पानीको बहाव कम हुँदा साथ स्थायी रुपमा पूर्वाधार निर्माण गरिने छ। पुल सञ्चालनमा आएसंगै बागलुङको दक्षिणभेग चारदिनपछि पुन सडक सञ्जालमा जोडिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया