Smoking Causes Cancer

परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थी दुर्घटनामा



लालु प्रसाद गैरे
१ मिनेट अगाडि


Place for ads

बागलुङ: बागलुङ नगरपालिका–३ रातमाटामा बुधबार दुई वटा जिप एकआपसमा ठोक्किँदा एसईई ग्रेडवृद्धि परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थी घाइते भएका छन्।

दिउँसो करिब २ बजे बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप रातमाटामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाइली तथा निसीखोला गाउँपालिका–३ बोहोरागाउँका १५ वर्षीय हिमाल शाही ठकुरी घाइते भएका छन्। उनीहरू एसईई ग्रेडवृद्धि परीक्षा दिएर घर फर्किरहेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई तत्काल उद्धार गरी धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनापछि दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो