फाईल फोटो
भिरबाट लडेर वृद्धको मृत्यु, रोल्पामा अनुसन्धान जारी
रोल्पामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको गंगादेव गाउँपालिका–३ लोरीबिनी निवासी अन्दाजी ७८ वर्षीय टंकबहादुर वली आफ्नै घरदेखि करिब ५०० मिटर पूर्वतर्फ रहेको बाटोबाट अन्दाजी २० मिटर तल खसेको अवस्थामा मृत फेला परेका हुन्।
आज बिहान करिब ९ः३० बजेतिर उनी घोप्टो अवस्थामा रहेको सूचना बिहान १० बजे प्रहरी चौकी जिनावाङ रोल्पामा प्राप्त भएको थियो। सूचना पाएलगत्तै इप्रका जिनावाङबाट प्रहरी सहायक निरीक्षक ललितबहादुर बुढाथोकीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोली दिउँसो १२ः०५ बजे घटनास्थल पुगेर बुझ्दा वलीको घटनास्थलमै मृत्यु भइसकेको र आफन्तहरू समेत उपस्थित रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पाबाट प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठको कमाण्डमा SOCO टोली समेत खटिएको छ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय जिनावाङबाट करिब २० किलोमिटर दक्षिणमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




