Smoking Causes Cancer

खरुवा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण



लालु प्रसाद गैरे
६ महिना अगाडि


Place for ads

खरुवा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।

खरुवा माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं. ४ मा “न्यानोपनका रङहरू” कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा रोट्रयाक्ट क्लव अफ गलकोटका अध्यक्ष नवीन सुवेदीले विद्यार्थीहरूको शैक्षिक तथा शारीरिक विकासमा यस्ता सहयोगात्मक कार्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

सिंचाई
Forest
Ad.

न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीहरुलाई १-१ सेट कपडा बितरण गरिएको हो ।

कार्यक्रममा रोट्रयाक्ट क्लव अफ पोखराका प्रबिन पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम प्रसाद न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै विद्यालयमा सहयोग गरेकोमा रोट्रयाक्ट क्लव अफ गलकोट, रोट्रयाक्ट क्लव अफ पोखरा तथा रोट्रयाक्ट क्लव अफ नक्साल, काठमाडौंप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको थियो ।

कार्यक्रम विद्यालयका प्रधानाध्यपाक सन्दिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै विद्यालयले सहयोगी संस्थाहरू प्रति कदरपत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो