Place for ads

Awareness

बडिगाडमा थप एकजनाको निधन: जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बडिगाड गाउँपालिका-६ की कोरोना भाइरस सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको छ।

एन्टिजेन परिक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो। अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड-१‌९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो। यो सँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उहाँले बताउनुभयो।

Get Vaccinated

कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृत्यु भएकामा गत वैशाख यता शुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ। जिल्लामा पहिलोपटक वि.सं. २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो। त्यसयता चार हजारबढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिनुभयो। पछिल्लो समय सङ्क्रमणको दरमा केही कमी आएको छ। अस्पतालमा पनि कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ।

सङ्क्रमण घटेपनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन्। कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया