Clean Water Campaign

Awareness Campaign

मुसिकोट नगरपालिका गुल्मीको निति तथा कार्यक्रम असार ७ गते आउने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– गोविन्द कंडेल

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम यही असार ७ गते ल्याउने भएको छ।

असार ७ गते सोमवारबाट सुरू हुने नवॏ नगरसभाको पहिलो दिन वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सोमवारबाट सुरू हुने नगरसभाको पहिलो बैठकको पहिलो कार्यसूचीका रूपमा नगर प्रमुख सोमनाथ सापकोटाले निति तथा कार्यक्रम प्रस्तुत गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो। साथै सोही दिननै निति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ। नगरपालिकाको नवौँ नगरसभा भुकुवाचौर स्थित प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न हुने छ।

सिंचाई
Forest
Ad.

आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रममा कृषि क्षेत्रको विकास तथा रोजगारीलाई प्राथमिकता, कृषि तथा स्थानिय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग व्यवसायको ऋणको व्याजमा ५० प्रतिशत अनुदानको व्यवस्था, प्लाष्टिक टनेलमा ९० प्रतिशत अनुदान, प्लाष्टिक पोखरीमा ८० प्रतिशत अनुदान, कृषि यन्त्र उपकरणहरुमा कृषकलाई ५० प्रतिशत अनुदान दिई यान्त्रिकरण गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई २ लाख सम्म विना धितो सुलभ कर्जा उपलब्ध गराउने र स्वरोजगारको लागि जन्मभुमि बनाउ कर्मभुमी कार्यक्रम सञ्चालन गर्ने, ‘कफि लगाऔं, आम्दानी बढाऔं’,उद्यमीका लागि धितो सहित २० लाख सम्म सुलभ कर्जा उपलब्ध गराउने, नगरपालिकामा श्रम बैंक स्थापना गर्ने, सेवालाई छिटो र पारदर्शी बनाउने, ‘एक घर, एक धारा’ कार्यक्रम लगायतका निति अवलम्बन गरेको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि के कस्ता निति तथा कार्यक्रम ल्याउला भनेर जिल्ला भर नै विशेष चासोका साथ हेरिएको छ।

साथै असार ७ गते वार्षिक नीति तथा कार्यक्रम पारित भए पश्चात नवॏ नगरसभाको दोस्रो दिन असार १० गते नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।

Author
गोविन्द कंडेल हुलाकपाटी डट कमका प्रमुख संवाददाता हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया