Salime Malika Krishi Farm

Awareness Campaign

दुदिलाभाटीमा रास्वपाको सदस्य भेटघाट कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
५ दिन अगाडि


Awareness

Place for ads

बागलुङ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ अन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ स्थित दुदिलाभाटीमा सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहमा पार्टीको संगठन सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सदस्यहरूले पार्टीको नीति, सिद्धान्त तथा भावी कार्यदिशाबारे छलफल गर्दै स्थानीय समस्याका विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै राजनीति जनमुखी हुनुपर्नेमा जोड दिएका थिए । साथै, आगामी दिनमा पार्टीलाई अझ व्यवस्थित र बलियो बनाउँदै स्थानीय तहबाटै सकारात्मक परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सिंचाई
Forest
Ad.

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगरपालिका वडा नम्वर ७ को वडा अधिवेशन आगामी पौष २६ गते गर्ने पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो