बागलुङ: गलकोट नगरपालिका–११ काउछेमा एक टिपरमा आगलागी भएको छ। लु १ क ४६०८ नम्बरको टिपरमा आज बिहान करिब ९ः३० बजेको समयमा आगो लागेको हो।
ईलाका प्रहरी कार्यालय गलकोटका अनुसार टिपरमा विद्युतको तार सर्ट भई आगलागी भएको हो। आगलागी भएको जानकारी पाएलगत्तै खरबाङ प्रहरी चौकीको टोली र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




