Smoking Causes Cancer

गण्डकी गोल्डेन ब्रिजबाट एक महिलाले हाम फालिन्, अनुसन्धान सुरु



लालु प्रसाद गैरे
७ महिना अगाडि


Place for ads

बागलुङ: बागलुङ र पर्वत जोड्ने गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हाम फाल्दा एक युवतीको मृत्यु भएको छ।

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुलबाट आज दिउँसो करिब १:४० बजे हाम फाल्दा १७ वर्षीया विपिशा कार्कीको मृत्यु भएको छ। उनी काठेखोला गाउँपालिका-७, रेस्कीकी हुन्। उनका पिता, विरबहादुर कार्कीले सनाखत गरेका छन्।

युवतीले पुलबाट नदीमा हाम फालेको स्थानीयवासीले बताएका छन्। घटनाको सूचना पाएपछि सशस्त्र प्रहरी बल घटनास्थलमा पुगेर नदीभित्र खोजी गरी शव बाहिर निकालेको हो।

सिंचाई
Forest
Ad.

घटनाको कारणबारे स्पष्ट जानकारी नआएको र यस विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो