वामी, गुल्मी । वामी विश्व सम्पर्क मञ्चले साविक वामी गाविसका सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। मंचले शैक्षिक सत्र २०८१ को विद्यालय स्तरीय छात्रवृत्ति कार्यक्रम अन्तर्गत कुल ६७ हजार रुपैयाँ वितरण गरेको हो।
उक्त कार्यक्रम मार्फत साविक वामी गाविसका ९ वटा विद्यालयका २६ जना विद्यार्थीहरू लाभान्वित भएका छन्। मञ्चका अनुसार मूल समितको बैंक खातामा रहेको रकमबाट प्राप्त ब्याजलाई सदुपयोग गर्दै यो छात्रवृत्ति प्रदान गरिएको हो।
वितरण कार्यक्रमलाई सहज बनाउन दुई फरक केन्द्र तोकेर रकम हस्तान्तरण गरिएको थियो। वडा नं ८ का सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई शारदा माध्यमिक विद्यालय, वामी मैदानमा र वडा नं ७ का विद्यालयका विद्यार्थीहरूलाई महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीटक्सारमा एक कार्यक्रमका बीच छात्रवृत्ति रकम प्रदान गरिएको थियो।
यस किसिमको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा हौसला मिल्ने विश्वास वामी विश्व सम्पर्क मञ्चले लिएको छ।
मञ्चले आफ्नो बैंक खातामा १२ लाख रुपैयाँ मुद्दती खातामा राखि त्यसबाट प्राप्त ब्याजबाट नियमित रुपमा छात्रवृत्ति वितरण गर्दै आईरहेको छ । वि.स. २०७१ सालदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम २०७१ कृष्ण चालिसे, २०७२, ७३ र ७४ मा हेमु बोहोरा, २०७५ टंक कंडेल र २०७९ मा इश्वरी पाण्डेको सहयोगमा वितरण गरिएको थियो। २०८० को छात्रवृत्ति रामकृष्ण सापकोटाले सौजन्य गर्नुभएको थियो। वि.सं. २०७६ सालबाट भने मञ्चले आफ्नै कोषबाट वितरण गर्दै आईरहेको छ।
कार्यक्रम सम्बन्धित विद्यालयका प्रधानाध्यापकको आतिथ्यता र वामी विश्व सम्पर्क मंचका कार्यवाहक अध्यक्ष डिलाराम खरेलको सभापतित्व र सचिव रामचन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











