Salime Malika Krishi Farm

Awareness Campaign

दाँगखोलामा डुबेको अवस्थामा पुरुषको शव फेला, प्रहरीद्वारा पहिचान प्रक्रिया जारी



लालु प्रसाद गैरे
५ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ खौलारा स्थित दाँगखोलामा एक पुरुषको शव फेला परेको छ। स्थानीयवासीले खोलामा अनुहार डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनका अनुसार शवको पहिचान अहिलेसम्म खुलेको छैन। “शव खोलामा अनुहार डुबेको अवस्थामा थियो, निकालेर पहिचान प्रक्रियामा लगिएको छ,” उपाध्यक्ष वनले बताए।

शव गुल्मीका एक पुरुषको हुनसक्ने प्रारम्भिक आशंका भए पनि आधिकारिक रूपमा पुष्टि नभएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

घटनास्थलमा प्रहरी चौकी खारबाट खटिएको टोलीले शव बाहिर निकालेर पहचानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो