Awareness Campaign

गुल्मीमा तेह्र वर्षसम्म पनि बनेन एउटा पुल



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी। बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने गाउँघरतिर एउटा लोकप्रिय उक्ति छ तर गुल्मीमा बाह्र होइन, तेह्र वर्ष नाघ्दासमेत एउटा पुल बन्न सकेको छैन । तीन वर्षमा बन्नुपर्ने पुल तेह्र वर्षमा पनि अझै बन्न नसक्दा यहाँका बासिन्दा निकै पीडित भइरहेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को पुल क्याम्प र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डी भन्ज्याङ जोड्ने गरी कालीगण्डकी नदीमा तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत अझै बन्न सकेको छैन ।

२०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौँबिच २० करोड ५३ लाख ८६ हजार ५५३ रुपियाँको लागतमा २०७२ साल असार २४ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त पुल छ मिटर चौडाइ र १५० मिटर लम्बाइको रहने र स्टिल ट्रसको निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले उक्त स्थानमा बन्ने पुलको फाउन्डेसनमा ठुलो चट्टान भएकाले निर्माणमा समय लागेको बताउनुभयो । पछि डिजाइनलाई परिवर्तन गरेर निर्माण थाल्दा अहिले उक्त पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ४६.७० प्रतिशत वित्तीय प्रगति भएको छ । विभिन्न समयमा पाँच पटकसम्म म्याद थप गरिएको र पछिल्लो समय थपिएको म्याद २०८३ जेठ २५ गते

सिंचाई
Forest
Ad.

सम्म सम्पन्न्न गर्नुपर्ने छ । निर्माण व्यवसायीका इन्जिनियर अजय लामिछानेले २०७२ सालमै डिजाइन परिवर्तन गर्नका लागि कार्यालयलाई आग्रह गर्दा पनि कार्यालयले ढिला गरिदिएका कारण समस्या भएको बताउनुभयो । उहाँले २०७२ सालमा आग्रह गरेको भए पनि २०८० सालमा डिजाइन परिवर्तन भएर आएको बताउनुभयो । उहाँले अहिले ट्रस निर्माणको काम भइरहेकाले तोकिएको समय अवधिमै काम सम्पन्न गरी हस्तान्तरण गर्ने बताउनुभयो।-गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो