Smoking Causes Cancer

गुल्मी सेवा समाज, युएईको तीज विशेष कार्यक्रम ‘तीज फेस्टिभल’ बर दुवईमा हुँदै



ओझेलका खबर संवाददाता
११ महिना अगाडि


Place for ads

गुल्मी: रोजगारीका शिलशिलामा युएईमा रहेका गुल्मेलीहरुको संस्था गुल्मी सेवा समाज, युएईले हरितालिका तीजको अवसरमा यही अगष्ट ३१ तारिकमा तीज फेस्टिभल आयोजना गर्न लागेको हो।

आपतकालीन राहत कोष स्थापनार्थ आयोजित कार्यक्रममा चर्चित गायिका शान्ता रानी परियार, गायक नन्दु परियार आदिको विशेष सांगीतिक प्रस्तुति रहने छ। कार्यक्रम कन्कर्ड क्रिक भ्यु होटल, बर दुवईमा हुनेछ।

यस्ता कार्यक्रमले प्रवासी नेपाली बिच सद्भाव बढाउनुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षणमा पनि सहयोग पुर्याउने विश्वास लिएको संस्थाका अध्यक्ष जीवन सिंह ठकुरीले बताउनुभयो। उहाँले युएईमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा सहभागी भईदिन आग्रह पनि गर्नुभयो।

सिंचाई
Forest
Ad.

नेपाली खानाको साथमा कार्यक्रमको आनन्द लिन पाइनेछ। कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो