Smoking Causes Cancer

सामुदायिक रेडियो गलकोट १०२.४ मेगाहर्ज आजदेखि १५ औँ वर्षमा प्रवेश



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

गलकोट: समृद्ध गलकोटको लागि सामुदायिक रेडियो गलकोट” भन्ने अठोटसहित स्थापना भएको सामुदायिक रेडियो गलकोट १०२.४ मेगाहर्ज आज १५ औँ वर्षमा प्रवेश गरेको छ। १४ वर्षअघि गाउँको आवाज गाउँमै प्रतिबिम्बित गराउने सपना बोकेर सुरु भएको यो रेडियो आज गलकोटको पहिचान बन्दै आएको छ।

आजको वार्षिकोत्सव कार्यक्रम शुभकामना आदान–प्रदानका साथ हर्षोल्लासपूर्वक सम्पन्न भयो।
गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक गुमानसिंह बुढाथोकीले रेडियोको सुरुवाती चुनौती, वर्तमान योगदान र भविष्यको सम्भावनाबारे उल्लेख गर्दै भन्नुभयो सत्य, तथ्य र सन्तुलित समाचार दिनु मात्र होइन, यो रेडियोले गाउँलेको आवाज, संस्कृति र संवेदनालाई जगेर्ना गरिरहेको छ।

रेडियोको यो यात्रामा विशेष योगदान दिने दुई व्यक्तित्व— स्टेशन म्यानेजर जिवनकला खत्री (सरिता) र बजार प्रतिनिधि कृतिका मल्ललाई आज सम्मानपूर्वक बिदाई गरियो। १२ वर्षदेखि रेडियोसँग आत्मीयताका साथ जोडिएर कार्यरत खत्री र २ वर्षदेखि निरन्तर काम गर्दै आएकी मल्लको योगदानलाई सम्मान पत्र र मायाको चिनोसहित कदर गरियो।

सिंचाई
Forest
Ad.

कार्यक्रमको सञ्चालन सचिव विर बहादुर चोखालले, स्वागत मन्तव्य कोषाध्यक्ष ढालिन्द्र प्रसाद गौतमले र समापन अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो।

वि.सं. २०६६ मा स्थापना भएको गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले २०६७ सालदेखि मुद्रण पत्रकारिताको यात्रा सुरु गरेको थियो। रेडियो प्रसारणको सुरुवात वि.सं. २०६८ साउन १४ मा १०० वाट क्षमताबाट सुरु भएको थियो, जुन २०७४ मा ५०० वाटमा स्तरोन्नति गरिएको छ। सेवा विस्तारसँगै २०७८ बैशाख ११ गते ताराखोला गाउँपालिका–२ अर्गलमा रिले टावर स्थापनासहित बिस्तार गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो