जापान, श्रावण ११: वि.सं २०७१ देखि संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएकि हुन। ‘ ’ साडि घुडा माथि, छिन्छ पोते छिन्दैन मायाजाल, बैमानिको माया ,सिख्रि घाटिमा, धान खायो चरिले ,हासबोल, सालको पातमा टपरी ,मगर्निको तिनपाने जस्ता गीतमार्फत उनले दर्शक–श्रोताको मन जितेकी छिन्।
गायिका सम्झना राणापलले आफ्नो युट्युब च्यानलमार्फत नयाँ तीज गीत ‘’फर्की हेर्यौ नक्कले “सार्वजनिक गरेकी छिन्
सम्झना रणपाल,मोहित मुनाल, लक्ष्मी बस्नेतको आबाजमा रहेको छ गितको लय झबिन नेपाली गर्नु भएको छ।भने शब्द बिक्रमबाबु बिश्वकर्मा ले गरेका छन् ।
गीतकाे अभिनयमा एलिना रायमाझी ,झबिन नेपाली ,प्रेम विश्वकर्माको अभिनित नयाँ तीज गीत काेशेली फर्की हेर्यौ नक्कले” अस्तीबाट बजारमा आएको छ।
यस वर्षको तिजको अबसर पारि “फर्की हेर्यौ नक्कले” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको समझना रणपालले बताउनु भयो बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने विश्वास रहेको गायिका रणपालले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।
अर्घाखाँची जिल्लामा जन्मिएकी राणापलले दर्जनौं गीत बजारमा ल्याएकी छिन्। उनका थुप्रै गीतहरू चर्चित रहेका छन्।
नेपाली लोकसंगीतमा अत्यन्तै मिहिनेत र दर्शकहरूको मन जित्दै आएककि उनी दर्शक र श्रोताहरूको मन र मुटुमा बस्न सफल भएकि छिन् । राष्ट्रिय स्तरमै अत्यन्तै चर्चा र परिचर्चा कमाइरहेकि सम्झना रणपाल पछिल्लो समय अत्यन्तै लोकप्रिय कलाकारको एक प्रेरणादायी नाम बनाउदै गइरहेकी छिन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |