जापान , श्रावण १०: गायक पुष्कल शर्माले आफ्नो युट्युब च्यानलमार्फत आज बिहान ८ बजे नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक गरेका छन।
वि.सं. २०६२ देखि संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका हुन्। ‘मलाई माफ गर’, ‘वचन’, ‘म अर्कैको’ जस्ता आधुनिक गीत र ‘मलामी’, ‘ढाट्यो मायाले’, ‘ताेरि लाहुरे’, ‘हिरो चर्तीकला’ जस्ता लोक गीतमार्फत उनले दर्शक–श्रोताको मन जितेका छन्
पुर्णकला बिसि र पुश्कल शर्माकाे आफ्नै आवाज रहेको छ ।
गीतका शब्द–लय शर्माकै हुन् भने निर्देशन मौसम हिमालीले गरेका छ्न ।यस गीतकाे अभिनयमा पुश्कल शर्मा ,सवि शर्मा ,अर्जुन सापकाेटा, सारिका केसि,विक्रम बुढाथोकी अभिनित नयाँ तीज गीत काेशेलि श्रीमान आज बाट बजारमा आएकाे छ। ।
शर्माले गीतमार्फत तीज पर्वको मौलिकता, नेपाली महिलाहरूको आत्माभिव्यक्ति र पारिवारिक भावनात्मक सम्बन्धलाई उजागर गर्न खोजेका छन्। पछिल्ला वर्षहरूमा तीज गीतहरूमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति उनले स्पष्ट सन्देश दिएका छन्। ‘श्रीमान’ गीत यस्तै विकृतिको प्रतिवादस्वरूप आएको गीत हो, जसले नेपाली लोकसंस्कृति जगेर्ना, संरक्षण र प्रवर्धनमा योगदान दिन्छ भन्ने विश्वास गरिएको छ।
पाल्पा जिल्लामा जन्मिएका शर्माले दर्जनौं गीतमा अभिनय पनि गरेका छन ।ढाटेयाे मायाले , मुटु जलाई जलाई, ताेरि लाहुरे, सालैजाै लगायतका गित चर्चित रहेका छन ।
नेपाली लोकसंगीतमा अत्यन्तै मिहिनेत र दर्शकहरूको मन जित्दै आएका उनी दर्शक र श्रोताहरूको मन र मुटुमा बस्न सफल भएका छन् । राष्ट्रिय स्तरमै अत्यन्तै चर्चा र परिचर्चा कमाइरहेका पुस्कल शर्मा पछिल्लो समय अत्यन्तै लोकप्रिय कलाकारको एक प्रेरणादायी नाम बनाउदै गइरहेका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |