बागलुङ: बागलुङको ताराखोलामा पिकअप दुर्घटना भएको छ ताराखोला देखि गलकोट हटिया आउदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप ताराखोला गाउपालिका वडा नं ३ पिरेचा बगरदेखि केहि तल गए राती करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।
ताराखोलाको करिमेलामा सञ्चालित परम्परागत असारे मेलाबाट १६ जना यात्रु लिएर फर्कदै गर्दा दुर्घटना भएको बताईएको छ । गाडी सडकबाट झण्डै ३० मिटर तल खसेको छ।
गाडीमा सवार गलकोट नगरपालिका वडा नं ६ का प्रतिक श्रीस घाईते हुनुभएको छ । श्रीसको थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका अन्य घाइतेहरुको गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







