बुटवल: रूपन्देहीको बुटवल ७ दिपनगरमा रहेको सिद्धेश्वर लालकुमारी माविले यसपालीको एसईई नतिजामा आफूलाई बुटवल नगरमा शानदार नतिजासहित प्रस्तुत गरेको छ । एसईई परीक्षामा ४ जिपिए सहित १६ जना विद्यार्थी ए प्लस ग्रेड, २५ जना ए ग्रेड , ५ जना बि प्लस ग्रेड र २ जना बि ग्रेड सहित शतप्रतिशतको नजिक नतिजा उत्तीर्ण गराएको हो ।
सामुदायिक विद्यालय पनि पठनपाठनमा अब्बल छन् भन्ने कुरा बिधालयले प्रमाणित गरेको छ । धेरै विद्यार्थी राम्रो अंक ल्याएर उत्तीर्ण गराएको भन्दै दिपनगरमा बिधालयको चर्चा चलेको छ।
बिधालयले आज मिति २०८२ असार २१ गतेको दिन बिद्यार्थी , अभिभावक , शिक्षक कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक ब्याक्तित्व , शिक्षाप्रेमी, सामाजिक अभियन्ताहरु , पत्रकार बर्गहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, विभिन्न टोल बिकास समितिका प्रतिनिधिहरुको उपस्थितिमा प्रभातफेरी कार्यक्रम निकाली बुटवल ७ र ८ को परिक्रमा गरि खुसियाली उत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै बिद्यालयका प्रअ दिननाथ गिरिले सिद्धेश्वर माबिको यो नतिजामा आउदा दिनमा अझै सुधार गर्दै अब्ब्ल सिद्धेश्वर बनाउन आफुले कुनै कसुर कमि नराख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै बि ब्य स अध्यक्ष सागर प्रसाद न्यौपानेले दिन पिछे दिन बिधालयको प्रगती भैइरहेको र आगामी दिनमा नगरकै पहिलो नम्बरको बिधालय बनाउने प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा एस ई ई उत्तीर्ण सबै बिद्यार्थीहरुलाई शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, सहायक प्रअ शान्ता शर्मा र लेखनाथ पौडेलले फुलमाला , अबिर तथा खादा लगाई सम्मान गरेका थिए।कार्यक्रमको सहजीकरण शिक्षक कैलाश गौतमले गरेका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |