गलकोट: गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट ७१ करोड ७४ लाख ५ हजार ६ सय रहेको छ।
गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले नगर सभाको १७ औँ अधिवेशन तथा दोश्रो बैठकमा गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२-०८३ को चालु तर्फ ५१ करोड ४२ लाख ३६ हजार ६ सय र पूँजीगत तर्फ २० करोड ३१ लाख ६९ हजार गरी कुल ७१ करोड ७४ लाख ५ हजार ६ सयको बजेट सार्वजनिक गर्नुभएको हो ।
जसअन्तर्गत आर्थिक वर्ष २०८२÷०८३ मा नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, राजश्व बाँडफाँटबाट १० करोड ४८ लाख ७५ हजार ९ सय ६४, सशर्त अनुदानबाट ३६ करोड ५३ लाख, विशेष अनुदानबाट १ करोड ३६ लाख प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ४८ लाख २१ हजार, राजश्व बाँडफाँटबाट १ करोड २० लाख १ हजार, विशेष अनुदानबाट ४० लाख, समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरेको छ । त्यस्तै स्थानिय राजश्व परिचालनबाट आन्तरीक राजश्व १ करोड ९३ लाख प्राप्त हुने अनुमान गरेको छ । साथै चालु आर्थिक वर्षको कार्यान्वय पश्चात १ करोड ७५ लाख ९२ हजार ६ सय बचत हुने अनुमान गरेको छ ।
गलकोट नगरपालिकाले आर्थिक विकास अन्तर्गत कृषि तथा बागवानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नको लागि संघीय सशर्त अनुदानबाट २३ लाख १ हजार र नगरपालिकाबाट विनियोजित ६५ लाख गरी ८८ लाख १ हजार, पशुपंक्षी विकास क्षेत्रको लागि संघिय सशर्त अनुदानबाट १९ लाख १० हजार र नगरपालिकाबाट ३६ लाख गरी ५५ लाख १० हजार, सहकारी क्षेत्रको विकास र प्रवर्धनको लागि ४ लाख उद्यमशीलता विकास तथा रोजगारी प्रवर्धनको लागि संघीय सशर्त अनुदान ३७ लाख र नगरपालिकाबाट १४ लाख गरी ५९ लाख १४ हजार, पर्यटन क्षेत्रसंग सम्बन्धित कार्यक्रम सञ्चालनको लागि १२ लाख विनियोजन गरेको छ ।
त्यस्तै सामाजिक विकास अन्तर्गत खानेपानी, सरसफाई तथा फोहोर व्यवस्थापनको लागि नगरपालिको ८ लाख, संघिय शसर्त २ लाख, प्रदेश शसर्त २ लाख गरि १२ लाख, युवा लक्षित कार्यक्रम, नगर स्तरिय भलिबल खेलको विकास, मैत्रिपुर्ण खेलकुद युवा लक्षित कार्यक्रम र खेल प्रोत्साहनको लागि १८ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणको लागि ५९ लाख, समग्र शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालनको लागि नगरपालिको २ करोड २८ लाख सशर्त अनुदान ३० करोड ११ लाख, संघिय विशेष अनुदान तर्फ १ करोड ३६ लाख र प्रदेश विशेष अनुदानमा ४० लाख गरि जम्मा रु ३४ करोड १५ लाख, स्वास्थ्य तर्फ नगरपालिकाको तलब सहित २ करोड ३७ लाख, शसर्त अनुदान सहित ५ करोड ५६ लाख गरि ७ करोड ९३ लाख विनियोजन गरिएको छ ।
त्यस्तै कला सँस्कृति र साहित्य तर्फ ४ लाख, भौतिक पूर्वाधार तर्फका योजना कार्यान्वयन गर्न संघिय सर्शत तर्फ१ करोड २० लाख, गरि गलकोट नगरपालिकाका ८ करोड १३ लाख र संघिय र प्रदेश अनुदान अन्तरगर्त ३ करोड १२ लाख गरि ११ करोड ६५ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको लागि ३८ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रको लागि ५० लाख विनियोजन गरेको छ ।
नगर सभा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









