Clean Water Campaign

Awareness Campaign

धुर्कोट गाउँपालिका-६, रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



वासुदेव पोखरेल
४ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर-६, रजस्थलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको क्रममा स्थानीय जनताले उठाएका गुनासा, सुझाव र जिज्ञासाहरूको सम्बन्धित सरोकारवालाले प्रत्यक्ष जवाफ दिएका थिए।

गाउँपालिका उपाध्यक्ष सिता गिरी, वडा अध्यक्ष कृष्ण बहादुर नेपाली, धुर्कोट आधारभूत अस्पतालका डाक्टर लाल बहादुर थापा, धुर माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल, इन्दिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर केसी, वडा सचिव मीन बहादुर घर्ती ले जनताले राखेका प्रश्नहरूको जवाफ दिनु भएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा जनताले विद्यालयको समस्या, स्वास्थ्य सेवाको असन्तुलन, कृषिमा प्रविधिको अभाव, विकास निर्माणमा ढिलाई लगायत विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

गाउँपालिका उपाध्यक्ष सिता गिरीले भन्नुभयो, “हामी प्रत्यक्ष जनतामाझ आएर उहाँहरूको समस्या सुन्न अनि समाधानको लागि जवाफदेही हुन यो कार्यक्रम गरेका हौँ । तपाईँहरूले गुनासो राख्न पाउनुभयो, हामीले जवाफ दिन पायौँ – यो नै लोकतन्त्रको सुन्दर अभ्यास हो।”

वडा अध्यक्ष कृष्ण बहादुर नेपालीले वडाले चालु आर्थिक वर्षमा गरेका काम, आगामी योजना, बजेटको विषयमा जानकारी गराउनुभयो । साथै, नागरिकको चासोअनुसार प्राथमिकता तय गरिने कुरा पनि व्यक्त गर्नुभयो।

Awareness by SKF

वडा सचिव मीन बहादुर घर्ती (जिसि) ले गाउँपालिकाबाट परेका योजना छनोटको प्रक्रिया, स्थानीय बालमैत्री कार्यक्रमको प्रभावकारिता, सम्पन्न योजना, असम्पन्न योजना, राजस्व असुली, सामाजिक सुरक्षा कार्यक्रमलगायतको जानकारी गराउनुभयो । उहाँको अनुसार यो आर्थिक बर्षमा ७७ वटा योजना परेका मध्ये ६७ वटा सम्पन्न भएका छन्, ७ वटा भुक्तानी हुन बाँकी छन् भने ३ वटा योजना हुन सकेनन्।

वडामा ४ वटा सप्टोयर, ८ वटा बाल क्लब रहेका छन् । यो आर्थिक बर्षमा वडा नं ६ मा १ करोड ८७ लाख २८ हजार ३२ रुपैयाँ सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वितरण गरिएको थियो, जसको लाभ ५५३ जनाले लिएका छन् । राजस्व असुलीतर्फ यो बर्ष ४ लाख लक्ष्य राखिएकोमा ३ लाख ६० हजार असुली गरिएको थियो । अर्को बर्ष ५ लाख असुली गर्ने लक्ष्य राखिएको वडा सचिव घर्ती ले जानकारी गराउनुभयो । यो बर्ष वडा नं ६ मा १९ परिवार बसाइँ सराइ गरि अन्यत्र गएका छन्।

कार्यक्रममा टोल विकास समितिका अध्यक्ष, प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय व्यवस्थापन समिति, महिला समूह, कृषक समूह, जनप्रतिनिधि, विद्यार्थी, स्थानिय क्लब, युवा लगायतको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार रमेश पन्थी ले गर्नुभएको थियो भने संचालन बासुदेव पोखरेल ले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो