Hi-Speed Computer

Awareness Campaign

बागलुङ बाढी-पहिरो अपडेट: ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्।

गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन। यसमा अधिकांशको घर पूर्ण क्षति र केहीको आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो। लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामिण सडक बन्द भएका छन्।

Forest
Forest
Ad.

जिल्लाको ताराखोला गाउँपालिकामा घर माथिबाट पहिरो खस्दा वडा नम्बर ५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विक, मिठे विक र टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार बागलुङ नगरपालिका-७, पैराबारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ। पहिरोका कारण स्थानीय रविलाल गौतमको घर र गोठ भत्काएको र गोठमा रहेको भैंसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन।

यो पनि हेर्नुहोस्: यसरी भत्कियो बागलुङ, काठेखोलाको पक्की पुल (भिडियो सहित)

यस्तै, वर्षातका कारण बागलुङ नगरपालिका-४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ। माया जिसीको इँटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिममा परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिनुभयो।

Awareness by SKF

बागलुङ नगरपालिका-१३, फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका-१, भ्युडाँडा बस्ने विशाल विकको घर जोखिममा रहेकाले विस्थापित भएका छन्।

गलकोट नगरपालिका-४, चमुवा स्थित चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया