Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको इस्मा दोहलीका जनताले ८ महिना देखि सामाजिक सुरक्षा भत्ता पाएनन्



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Awareness

Place for ads

– पुजा गौतम

गुल्मी: इस्मा गाउँपालिका-४ दोहलीका जनता गत ८ महिना देखि वृद्धभत्ता सहित अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायतले पाउने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन्।

दोहलीको हुला निवासी समिर वस्नेतले इस्मा गाउँपालिकाका अन्य सबै वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको तर वडा नम्बर ४ को दोहलीमा गत ८ महिना देखि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा कोभिडको यो संकटमा वृद्धवृद्धा, अपाङ्ग र एकल महिलाहरु थप संकटमा परेको गुनासो सुनाए।

सिंचाई
Forest
Ad.

त्यस वडाका वडाध्यक्ष गनु प्रसाद अधिकारीको ध्यानाकृष्ट गराउदा गत मंसिर महिना देखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसक्दा वडा कार्यालय घेर्ने हुन कि भन्ने चिन्तामा परिएको प्रतिकृया दिए।

यो पनि हेर्नुहोस्: गुल्मीका १२ ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध, बाढीले रिडी जलमग्न

“दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता बापतको पैसा बैंक अफ काठमाण्डौं, ईस्मा रजस्थल शाखामा हाम्रो वडाको खातामा राख्न ढिला हुन गयो र चार महिनाको सुरक्षा भत्ता पाउन सक्नु भएन। अब अन्तिम चौमासिक सहित ८ महिनाको सामाजिक सुरक्षा भत्ता असार १५ गते सम्म उपलब्ध गराउने छौँ।” वडाध्यक्ष अधिकारीले भने।

उनका अनुसार वडाहरुलाई पालैपालो त्यस बैंकमा रकम राख्ने क्रममा वडा नम्बर ४ अन्तिममा परेकोले रकम राख्न ढिला हुन गएको हो। वडाध्यक्ष अधिकारी त्यस वडामा ४ सय जना भन्दा बढी सामाजिक सुरक्षा भत्ता लिनेहरु छन्। कोभिड महामारीको बेला गाउँपालिकाले राहत दिनु पर्नेमा छाक अड्किने अवस्थामा पुगेका कैयौं परिवारले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएको प्रति ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टको ध्यानाकृष्ट गराईएको छ।

Awareness by SKF

गाउँपालिका अध्यक्ष विष्टले वडा नम्बर ४, दोहलीको बैंकले रकम ईन्ट्री गर्न ढिला गरेको दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आजै देखि त्यस बैंकललाई दैनिक दुई/तीन घण्टा खुल्ला गर्न लगाएर वितरण गर्न लगाउने प्रतिवद्धता जनाए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया