Smoking Causes Cancer

गलकोटमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत सातवटा ट्याङ्की निर्माण



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङ जिल्ला गलकोट नगरपालिका-४, चमुवामा एक घर एक धारा अभियान अन्तर्गत खानेपानी वितरणका लागि सातवटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ।

दमार खानेपानी तथा सरसफाई उपभोक्ता समिति र खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालयबाट विनियोजित रकमबाट १०० घरमा पानी वितरण गरिएको हो।

घरको आगनमा धारा जडानले सरसफाई सँगै खेर गएको पानी करेसा बारीमा प्रयोग गर्न सकिने सोही उपभोक्ता समितिका अध्यक्ष हेमराज गैरेले जानकारी दिनुभयोl

सिंचाई
Forest
Ad.

अव्यवस्थित रूपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यश गाउँका स्थानीयहरू खुसी भएका छन्। हामिले सामुदायिक धारामा पानीको पालो समेत कुर्नुपर्ने बाध्यता थियो अब सरल हुने भयो स्थानीय यमलाल सुवेदी बताएका छन्।

आगामी अर्को वर्षमा थप बजेटअनुसार बाँकी रहेका घरमा पानी वितरण गरिने सोही खानेपानीका सचिव डिलाराम सुवेदीले जानकारी गराउनुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो