Clean Water Campaign

Awareness Campaign

वर्षभरि राजनीतिक वृत्तमा चर्चामा रहिन् पूर्वराष्ट्रपति विद्या भण्डारी



केशव खड्का
४ महिना अगाडि


Awareness

Place for ads

बुटवल: वर्षको सुरुवातदेखि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक रूपमा चर्चामा आइन् । १० वैशाख २०८१ मा नेकपा एमालेले नेकपा स्थापनाको हीरक महोत्सव आयोजना गरेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदक दिएको थियो ।

उक्त कार्यक्रममा कम्युनिस्ट राजनीति सही दिशामा नगएको भन्दै चिन्ता व्यक्त गरेकी थिइनन् । उक्त कार्यक्रममा तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामुन्ने राखेर नेकपा विभाजनको तितो पोखेकी थिइन् । उनले भनेकी थिइन्, ‘कम्युनिस्ट पार्टीको फुट र विभाजन राजनीतिक कारणले भएको कि पदीय आकांक्षा, भड्काव हावी भएको हो ? यसलाई हेरेर सही निष्कर्ष निकाल्न सकिएन भने झन् गाह्रो हुन्छ ।’

जनताको जीवनस्तर सुधार्न समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा उक्त कार्यक्रममा राखेकी थिइन् । १३ वैशाखमा पूर्वराष्ट्रपति भण्डारी एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको २५औँ स्मृति दिवसको कार्यक्रममा पनि प्रमुख अतिथि बनिन् ।

सिंचाई
Forest
Ad.

कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाऊँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ताजस्ता कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले ल्याएका लोक कल्याणकारी कार्यक्रमको स्मरण गरेकी थिइन् । कम्युनिस्ट सरकारले सुरु गरेको वृद्धभत्ता दक्षिण एसियामै सामाजिक सुरक्षाको एउटा नमुना कार्यक्रमको रूपमा रहेको उनले बताएकी थिइन् ।

त्यसको एक पहिनापछि १६ जेठमा काठमाडौंमा एमालेका झण्डै ५ हजार महिला नेता–कार्यकर्ता सहभागी भएको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी । राष्ट्रको अभिभावक भएर कार्यकाल पूरा गरेपछि भण्डारी एमालेको कार्यक्रममा र अन्य सामाजिक कार्यक्रममा प्रमुख अतिथि बनेर देशका विभिन्न ठाउँमा पुगेकी छिन् । भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय हुनेभन्दा कम्युनिस्ट पार्टीहरूलाई मिलाएर जान सकिने र त्यस्तो स्थितिमा मात्र सक्रिय हुन सक्ने चर्चा एक थरीले गर्छन् ।

पूर्वराष्ट्रपति भण्डारीले पुुसको सुरुमा पोखरा र त्यसवरपरका जिल्लाहरूमा धार्मिक भ्रमणसँगै स्थानीयस्तरका नेता/कार्यकर्तासँग भेटघाट गरिन् । भण्डारी २ पुसमा त्रिभुवन विश्वविद्यालय र चिनियाँ युनिभर्सिटीको आयोजनामा ४ पुसमा पोखरामा भएको ‘फेवा डाइलग’मा सहभागी हुन् पोखरा गएकी थिइन् ।

एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापा, गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसी, प्रदेश सांसदहरू देवका पहारी, राजकुमारी भुजेल, पोखराकी उपमेयर मञ्जुदेवी गुरुङलगायतले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । १४ माघमा विराटनगर गइन् । विराटनगरमा केही सार्वजनिक कार्यक्रममा सहभागी भइन् । उनले त्यहाँ समाजसेवी, बुद्धिजीवी, प्राध्यापकलगायतका व्यक्तिहरूसँगको भेटघाटमा आफू एमालेको राजनीतिमा सक्रिय हुने सन्देश दिएकी थिइन् । उनी एक हप्ता विराटनगर बसेकी थिइन् ।

Awareness by SKF

विराटनगर पुगेर भण्डारीले आफू राजनीतिभन्दा टाढा नरहेको अभिव्यक्ति दिइन् । पत्रकारसँगको कुराकानीमा उनले आफू एमालेमै जन्मेर, हुर्केर आएकाले राजनीतिमा फर्किंदा एमालेमै जाने बताएकी थिइन् । ‘राष्ट्रपतिको पद गैरराजनीतिक होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनेकी थिइन्, ’राष्ट्रिय राजनीतिका समग्र एजेन्डाहरूमा सबै पक्षसँग छलफलमा छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेकी छु ।’

भण्डारी सक्रिय रहेकै बेला एमाले नेतृत्वले उपमहासचिव प्रदीप ज्ञवालीमार्फत सन्देश दियो– पूर्वराष्ट्रपति पुनः पार्टीमा फर्किनु हुन्न । अहिले त्यसमा कुनै छलफल भइरहेको छैन । ज्ञवालीको अभिव्यक्तिको भोलिपल्टै भण्डारीले कटाक्ष गरिहालिन्, ‘दलीय राजनीतिमा नरहेर पनि अभियानको रूपमा काम गर्न सकिन्छ । मेरो अभियानले काठमाडौंमा भुइँचालो गएको छ । तर, यो अभियान जारी रहन्छ ।’

लुम्बिनी प्रदेशको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको महिला जनप्रतिनिधिहरूबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावना विषयक अन्तरसंवाद कार्यक्रमको प्रमुख आतिथि बनिन् भण्डारी ।

भैरवामा पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत पुगेका थिए । पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार लुम्बिनीमा एक बौद्ध विहारको शिलान्यास पनि गरेकी छिन् । यो वर्षको शिलापत्रमा पूर्वराष्ट्रपति भण्डारी प्रमुख समाचार निर्मातामा परेकी छिन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →