Awareness Campaign

पहिरोले इस्मामा दुई घर भत्किए, एक जना घाईते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

– डिबी खड्का

गुल्मी: लगातकारको वर्षाका कारण इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन्। गाउँपालिकाको वडा नम्बर पाँच मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घरका अन्य सदस्यहरु सकुशल रहेका छन्। उनिहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो।

Forest
Forest
Ad.

त्यस्तै वडा नम्वर एक उजुङ्गका छत्र बाहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ। माथिबाट पहिरो सहित खसेको ठुलो ढुंगाले घरमा पुर्ण रुपमा क्षेती पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिए।

उनिहरुलई सुरक्षीत स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै लागतारको वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन भने बस्तीहरुमा पनि क्षेती पुगेको छ। घटनाको विविरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया