Smoking Causes Cancer

राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगरपालिका-१ को प्रथम अधिवेशन सम्पन्न



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ, चैत्र २९: बाग्लुङ जिल्ला गलकोट नगरपालिका वार्ड नं १ दुदिलाभाटीमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पार्टीका सहप्रवक्ता रमेश प्रसाई आउनुभएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश प्रसाईंले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टी देशकै पहिलो पार्टी हो। भोलि यहाँ दुदिलााटिका मान्छेले उम्मेदवार को हुने मेयर को हुने भन्ने अब काठमाडौँले छान्दैन रवि लामिछानेले छान्दैन अब तपाईँले छान्ने हो। यहाँका लागि अब आफैले विचार पुर्याउनुपर्नेछ।’

उक्त कार्यक्रममा १९ सदस्यीय समिति गठन गरिएको थियो। उपसभापतिमा मिना गुरुङ, सचिवमा पदम बहादुर खत्री, कोषाध्यक्षमा गंगा बहादुर कुँवर, सहसचिवमा प्रदिप श्रीस, रहनुभएको छ।

सिंचाई
Forest
Ad.

समितिको सदस्यहरुमा मोहन सुवेदी, शालिग्राम गौतम, गुमानसिंह भण्डारी, दुर्गा बहादुर खड्का, थम्मन कुँवर, टिका बहादुर खड्का, मनिसा भण्डारी, डम्मर बहादुर बोहोरा, डिल बहादुर खत्री, शान्तिमाया गुरुङ, युगमाया बिक, सिता बिक, तेजुन सुवेदी, कृष्ण बहादुर खत्री ईश्वर रहनुभएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा १४० जनाले पार्टीमा प्रवेश गर्नुभएको थियो। कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी वडा नम्वर १ का सभापति डिल बहादुर गुरुङको अध्यक्षता,नगर उपसभापति क्याप्टेन पदम खत्रीको मन्तव्य र वबिन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

,

तपाईलाई यो खबर कस्तो लाग्यो