गुल्मी, चैत्र– २७ । हिजो साँझ गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसीथोक रौताडी गाउँका एक परिबारको हावाहुरीले घरको छानो उडाई दिएको छ । त्यस गाउँका पुर्णप्रसाद पाध्याको दुई तले टिनले छाएको घरको उत्तर तर्फको छानो –पाखो हावाहुरीले उठाई दिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले पठाएको विवरण अनुसार हिजो साँझ साढे पाँच बजेतिर लागेको हावाहुरीले पाध्याको घरको क्षति बारे अहिले बिहान साढे ८ बजेको समयमा प्रहरी चौकी जैसीथोक बर्वोटलाई जानकारी हुन साथ प्रहरी हवल्दार बलबहादुर बिकको कमाण्डमा पुगेको प्रहरी टोलीले प्रारम्भिक उद्धार कार्य गरेको थियो ।
उक्त छानाको ठाउँमा त्रिपालको ओत लगाईएको छ । मानविय र पशुचौपाय क्षति नभएको जनाईएको छ । सोही गाउँ संग जोडिएको इस्मा गाउँपालिका – २ पालुखामा फेरी आगालागी हुँदा एक परिबारको मानिसहरु बस्ने गोठ (बंगालो ) जलेर नष्ट भएको छ ।
इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरका अनुसार त्यस गाउँकी बिमला दर्जिको बंगालो बिद्युत सर्ट भई आगालागी हुँदा टिनको छाना जलेर नष्ट भएको छ । आफु सहित स्थानमा पुगेर फर्किएको तर प्रहरीले क्षतिको विवरण तयार पारी नसकेको उपाध्यक्ष कुँवरले बताईन ।
हिजो साँझ देखि अहिले बिहान सम्म गुल्मीका विभिन्न स्थानमा हल्का हावाहुरी चलेको छ र फाटफुट बर्षा पनि भईरहेको छ । सदरमुकाम तम्घासमा अहिले बिहान ११ बजे सम्म घाम परेको छैन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |